काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्ने नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै विरोध गर्न चिनियाँ दूतावास अगाडि प्रदर्शनका लागि पुगेका नेविसंघका १७ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले चीन विरोधी नारा लगाएको समाचारस्रोतले जानकारी दिएको छ ।
प्रदर्शनमा उत्रिएकाहरू नेविसंघका कार्यकर्ता भए पनि प्रदर्शनको क्रममा नेविसंघको झण्डा, पर्चा केही पनि प्रयोग नगरेको बताइएको छ ।
सत्तारूढ नेकपाको आन्तरिक विवादसँगै संसद् विघटन लगायतका राजनीतिक घटना बढिरहेको बेला डबल नेकपा मिलाउन चिनियाँ टोली नेपाल भ्रमणमा रहेको छ ।