सत्तारुढ नेकपाको ओली समुहमा पोखराका चार जना केन्द्रीय सदस्य मनोनित भएका छन्। सो समुहको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पोखराका चार जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।
मनोनित चार जना केन्द्रीय सदस्यहरुमा पुर्व जिल्ला बिकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, पोखरा उप महानागरपालिकाका पुर्व मेयर एबम सत्तारुढ नेकपाको कास्की जिल्ला अध्यक्ष कृष्णबहादुर थापा, संघीय सांसद एबम स्वर्गीय मंत्री रबिन्द्र अधिकारीकी धर्मपत्नी विद्यादेवी भट्टराई र प्रदेश सांसद राजीव पहारी रहेका छन्।
ओली समुहमा केन्द्रीय सदस्यमा मनिनित पौडेल इमान्दार नेताको चिनिन्छन। उनी यसभन्दा अघि माधब नेपाल समुहमा उभिएको पोखरेली राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो। अर्का केन्द्रीय सदस्य थापा गण्डकी प्रदेश सभामा निर्वाचित सांसद हुन्।
अनेरास्ववियुको केन्द्रीय सचिब हुँदा तात्कालिन बिद्यार्थी नेता रबिन्द्र अधिकारीसंग बैबाहिक जिवनमा बान्धिएपछि राजनीतिबाट जेही टाढिएकी भट्टराईलाई पनि ओली समुहले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
बिद्यार्थी राजनीतिबाट उदाएका र नेपालकै ठुलो र धेरै बिद्यार्थी पढ्ने पोखराको पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको सभापति हुँदै रास्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष समेत भैसकेका प्रदेश सांसद पहारी पनि ओली समुहको केन्द्रीय समितिमा परेका छन्।