खानेपानी तथा सरसफाई मन्त्रालयमा सचिव छन्, भीमप्रसाद उपाध्याय । उनी फेसबुक र टुइटर मात्रै चलाएर दिन कटाउने गर्छन ।
सरकारको, जनताको काम भन्दा पनि सामाजिक सञ्जालमा दिन काट्नु उनको विशेषता हो । खानेपानी क्षेत्रमा विशेष कार्य गर्नुपर्ने, मुलुक भर नै स्वच्छ खानेपानी सेवा पु¥याउने दायित्व सोही मन्त्रालयको हो, तर सचिव उपाध्याय सामाजिक सञ्जालमा सरकारको आलोचना गरेर मात्रै बस्ने गरेको राज्यमन्त्री दीपक खड्काको गुनासो छ ।
होइन हो, सचिव जी सधै फेसबुक चलाएर मात्रै हुन्छ, कि टुइटरमा मात्रै लेखेर हुन्छ, खाली त्यसैमा भुलेको छ, काम केही गर्नु छैन, राज्यमन्त्री खड्काले सचिव उपाध्यायलाई अति भएपछि थर्काएको उनको सचिवालयले जानकारी दिएको खबर जनआह्वान साप्ताहिकमा छ ।
सचिव उपाध्यायले सरकारलाई लम्पसारवादी भएको, राष्ट्रहितमा काम नगरेको भन्दै सामाजिक सञ्जालमा आगो ओकल्ने गरेका छन् ।
सामाजिक सन्ञ्जाल उनको व्यक्तिगत नै हो, तर सरकारको जिम्मेवार निकायमा बसेको व्यक्ति नै सरकार विरुद्ध लाग्नुले भने उनको नैतिक धरातल के हो, उनी कसको पक्षमा काम गर्छन् भन्ने खोजी गर्नुपर्ने देखिएको छ । सो विषयमा सचिव उपाध्यायलाई सोध्दा उनले आफूले सामाजिक सञ्जालमा रमाइलोका लागि मात्रै लेखेको बताए ।