बन्चरो प्रहार गरी बालकको हत्या, राना पक्राउ

बन्चरो प्रहार गरी बालकको हत्या, राना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ५ पुष २०७७
  • 4.5K
    Shares

स्याङ्जामा १४ वर्षीय एक बालकको बन्चरो प्रहार गरी हत्या गरिएको छ। स्याङ्जाको हरिनास गाउपालिकाका ५, आईडाँडाका १४ वर्षीय शेरबहादुर थापाको बन्चरो प्रहार गरी हत्या गरिएको हो।

उनलाई स्थानीय बासिन्दा समेत रहेका ३६ वर्षीय रेशम रानाले हत्या प्रहरीले जानकारी दिएको छ। बालक हत्याको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरेको बताइएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजकुमार थिङले दिएको जानकारी अनुसार, तनहुँको डुम्रे बसपार्कबाट लागुऔषध सहित भानु नगरपालिका ६ मुलपानीका २२ वर्षीय उमेश खड्का पक्राउ परेका छन् । डाईजेपाम, नुरफिर र फेनारगन २० ⁄ २० एम्पुल गरी ६० एम्पुल सहित शनिबार प्रहरीले खड्कालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार