चर्चित भिडियो सेयरिङ साइट युट्युब एक्कासी केही समय डाउन भएको छ । सोमबार साझ इन्टरनेटमा युट्युब साइट खोल्न खोज्दा लोड नै नहुने समस्या देखिएको थियो । साइट खोल्दा सोमेथिङ् वेन्त् व्रोङ्।।।(केही खराबी छ) साथै हातमा हतौडा लिएको एक बाँदरको चिन्ह अगाडि देखाइरहेको थियो ।
गुगल कम्पनीले सञ्चालन गरेका युट्युब मात्रै नभएर यसको इमेल सेवा साइट जिमेल पनि डाउन भएको छ । गुगलको सर्चिङ पेजले भने काम गरिरहेको छ ।
नेपालमा मात्रै नभएर सबै तिर डाउन भएको देखिन्छ । अन्य देशका व्यक्तिहरुले पनि सामाजिक सञ्जाल ट्विटर, फेसबुकतिर युट्युब किन डाउन भएको भनेर चर्चा गरिरहेका छन्।