गुणस्तरीय सेवा नपाएको भन्दै नेपाल टेलिकम हुम्लामा तालाबन्दी

गुणस्तरीय सेवा नपाएको भन्दै नेपाल टेलिकम हुम्लामा तालाबन्दी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०७७
  • 5.6K
    Shares

नेपाल टेलिकम शाखा कार्यालय हुम्ला

गुणस्तरीय सेवाका लागि महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भन्दै हुम्लाका बासिन्दाले नेपाल टेलिकमको कार्यालयमा तालाबन्दी गरेका छन्ग । महिनौंँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

गुणस्तरीय सेवा दिनमा लापरवाही गरेकाकारण आफुहरु समेत मिलेर नेपाल टेलिकम शाखा कार्यालय हुम्लामा तालाबन्दी गरेको युवा संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए । सो तालाबन्दीमा नेविसंघ हुम्ला र नागरिक समाज समेत सहभागिता रहेको बताइएको छ। जिल्लामा महिनौँ दिन सेवाग्राही सुविधाबाट वञ्चित हुँदा पनि बेवास्ता गरेकाले कार्यालय तालाबन्दी गर्न बाध्य भएको रोकायाले बताए ।

टेलिकमले क्षमताभन्दा बढी सिम दिएपछि समस्या आएको सेवाग्राहीले गुनासो गरेका छन् । नेपाल टेलिकम हुम्लाले क्षमताभन्दा धेरै सीम वितरण गर्दा र प्राविधिक जनशक्ती अभावले एक महिनादेखि नेटवर्कमा समस्या आउँदा पनि सम्बोधन भएको छैन । यस कार्यालयमा कार्यतरत कर्मचारी अधिकांश तल्लोस्तरमा भएका पनि कहाँ के बिग्रीएको हो । त्यो बारेमा जानकार छैनन् ।

हुम्ला जिल्लाको जनसंख्या ५२ हजार छ भने नेपाल टेलिकमले हालसम्म ५० हजार सीम वितरण गरेको छ । हुम्ला जिल्लाभरी विभिन्न ठाउँहरुमा भिस्याट र बीटिएस राखेर सेवा दिने गरे पनि पछिल्लो समय सदरमुकाम सिमीकोटमा फोरजी लागु भएपछि यस्तो समस्या देखिएको नेपाल टेलिकम शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरीय भएको जिकिर गर्दै टेलिकमले सेवा सुधार गर्नका लागि आवश्यक पहल र काम गरिरहेकोले छिट्टै सुधार हुने आस्वास दिए ।

प्रतिक्रिया