पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको एनआईसी एसिया बैंकको एटीएम फोडदै गरेको अवस्थामा तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कोटेश्वर प्रभागका प्रहरी निरीक्षक राजन लामाका अनुसार, बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेका हुन्। रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।