बेवारिशे भरुवा बन्दुक पड्किदा सहायक वनरक्षकको मृत्यु

बेवारिशे भरुवा बन्दुक पड्किदा सहायक वनरक्षकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १९ मंसिर २०७७
  • 4.1K
    Shares

हय्या

सामुदायिक वनमा भेटिएको बेवारिशे भरुवा बन्दुक पड्किदा एक जना सहाउअक वनरक्षकको मृत्यु भएको छ।

बेवारिशे भरुवा बन्दुक पड्किदा बुधबार राति सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीमा कार्यरत सुनसरी दुहबी घर भएका सहायक वन रक्षक ६० वर्षीय लेखनाथ बाँस्तोलाको मृत्यु भएको हो।

समाचार स्रोतका अनुसार, सव डिभिजन वन कार्यालय उदयपुर तपेश्वरीबाट चोरी शिकारी हुने बुलबुले सामुदायिक वनमा गएको छजनाको वन रक्षक टोलीले एउटा भरुवा बन्दुक बेवारिशे अवस्थामा फेला पारेका थियो ।

गाडीसहित निस्किएको यो टोलीले बुलबुले सामुदायिक वनमा फेला पारेको त्यो बेवारिशे भरुवा बन्दुक लिएर बेलका नगरपालिका-१ स्थित कार्यालय फर्किएको थियो । गेटछेउमा गाडी पार्किङ गरेर रक्षकहरू ओर्लिए। ती रक्षकमध्ये बाँस्तोलाले बेवारिसे भेटिएको भरुवा बन्दुकको नाल समातेका थिए त्यहीँ बेला बन्दुक अचानक पड्कियो।

भरुवा बन्दुकमा लोड गरिएको छर्राले उनको छातिमा चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार