अबैध काठसहित स्याङ्जाबाट प्रहरीले ट्याक्टर र चालकलाई पक्राउ गरेको छ।
स्याङ्जाको गल्याङ नगरपालिका— ६ छबिसेस्थित पिँडीखोलाबाट अवैध काठसहित ग १ त ५३४८ नम्बरको ट्याक्टर र ट्याक्टर चालक गल्याङ ५ बस्ने २० वर्षीय मनिष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार, उक्त ट्याक्टरबाट १४ थान चिरेको पुरानो सालको काठ, १२ थान चिलाउनेको काठ र ४ थान मौवाको काठ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। बरामद भएको काठ तथा ट्याक्टर र चालकलाई प्रहरीले आबश्यक थप अनुसन्धान गर्नका लागि सब डिभिजन वन कार्यालय गल्याङ बुझाइएको प्रहरीले जनाएको छ ।