कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै महिला तहेकी छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखराका एक र लमजुङका एक गरी दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा १३ की ६६ वर्षीया महिला रहेकी छन् । उनको बुधबार राति ९ः३० बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनमा मंसिर ७ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका वडा नं। ७ का ८७ वर्षकी महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
उनको बुधबार राति २ः३० बजे पोखरास्थित कास्की सेवा हस्पिटलमा मृत्यु भएको हो । उनीमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४४ जना पुगेको छ ।
