‘कुवेत पठाईदिन्छु’ भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो। उनलाई अहिले महानगरीय प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं महानगरपालिका बानेश्वरमा बस्दै आएका थिए उनले आफू गौशालास्थित राजदेवी इन्टरनेसनल प्रालिका कर्मचारी भएको जिकिर गर्दै रकम असुल गर्ने गरेको प्रहरीको दाबी छ। उनले वैदेशिक रोजगारीको लागि कुवेतमा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख सम्म उठाएका थिए।
महाशाखाका अनुसार उनले करीब ७० जना भन्दा बढीलाई ठगेर पैसा उठाई फरार भएपछि उनीविरूद्ध प्रहरीमा उजुरी परेको थियो ।
उनीमाथि कारबाही गर्न महाशाखाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाएको छ।