पाकिस्तानी सेनाको आक्रमणमा परेर पाँच भारतीय सैनिकसहित ११ जनाको मृत्यु

पाकिस्तानी सेनाको आक्रमणमा परेर पाँच भारतीय सैनिकसहित ११ जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०७७
  • 12.1K
    Shares

पाकिस्तानी सेनाको आक्रमणमा परेर भारतीय सेनासँगै बिएसएफका ५ जवान र ६ सर्वसाधारण गरी ११ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । जम्मु कश्मिरको पुंछ, केरन र गुरेज क्षेत्रमा पाकिस्तानी सेनाले युद्धविराम भंग गरेको आरोप भारतीय पक्षले लगाएको छ ।

https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fjanasanchar1%2Fvideos%2F640812426826519%2F&show_text=0&width=560

बारमुला क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परेर बिएसएफका सब इन्स्पेक्टर राकेश डोभालको मृत्यु भएको छ । सो क्षेत्रमा अन्य २ जना जवानको मृत्यु भएको छ । दैनिक भास्करका अनुसार अन्य ३ जवान र ८ भारतीय नागरिक गम्भीर घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । झडपमा पाकिस्तानी सेनाका ३ कमाण्डरसहित ११ जवानको मृत्यु भएको भारतीय सेनाको दाबी छ । यद्यपि, पाकिस्तानतर्फ कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

प्रतिक्रिया