अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्री मार्क एस्परलाई पदबाट बर्खास्त गरेका छन् । उनले ट्विटरमार्फत् उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गरेका हुन्।
नेशनल काउन्टर टेररिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने बताइएको छ।
पछिल्ला केही साताहरूमा ट्रम्प र एस्परबीच सार्वजनिक रूपमै फरक मत देखिन थालेको थियो ।
अमेरिकामा डेमोक्र्याटिक उम्मेदवार जो बाइडन राष्ट्रपति निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गरिसकेका छैनन् । उनले नतिजालाई अदालतमा चुनौती दिने बताउँदै आएका छन् ।