३८ नेपाली कुटपिट भएको देहरादूनस्थित शाक्य एकेडेमीमा अघ्यापनरत एक नेपाली शिक्षक मृत भेटिए

३८ नेपाली कुटपिट भएको देहरादूनस्थित शाक्य एकेडेमीमा अघ्यापनरत एक नेपाली शिक्षक मृत भेटिए

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०७७
  • 10.9K
    Shares

शाक्य एकेडेमी, देहरादून

नेपाली विद्यार्थीमाथि कुटपिट गरिएको घटनाका कारण चर्चामा आएको भारत, देहरादूनको शाक्य एकेडेमीमा अघ्यापनरत एक नेपाली शिक्षक मृत भेटिएका छन्।

एकेडेमीमा गत साता मृत भेटिएका शिक्षक लुआङ लेकपा भनिने पेमा थुप्तेन गुरुङ मुस्ताङको लो घेकर दामोदरकुण्ड–४ का स्थायी बासिन्दा रहेको पुष्टि भएको छ ।

तीन वर्षयता शाक्य एकेडेमीमा बौद्धशिक्षा पढाइरहेका शिक्षक लेकपा एकेडेमी परिसरकै आवासीय कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । उनले आत्महत्या गरेको दाबी गरिएको छ।

एकेडेमीभित्र भएको विद्यार्थी कुटपिटको सूचना सार्वजनिक भए पनि शिक्षक लेकपासहितलाई एकेडेमीले सोधपुछ गर्दै आएको थियो ।

एकेडेमीमा अध्ययनरत ४७ विद्यार्थीले दसैं बिदाका अवसरमा घर फर्कन चाहेर पनि अनुमति नपाएपछि उब्जिएको विद्यार्थी दमन र कुटपिटको प्रकरणपछि एकेडेमी प्रिन्सिपल छिरिङ छोदेनले उक्त अमानवीय घटनामा माफी मागिसकेकी छन् ।

देहरादूनस्थित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाहीका अनुसार उक्त एकेडेमीमा अध्ययनरतमध्ये ३८ जना नेपाली विद्यार्थी स्वैच्छिक रूपमा नेपाल फर्कन चाहेकाले बिहीबारै नेपालतर्फ आइसकेका छन् ।

देहरादूनस्थित गोर्खा डेमोक्रेटिक फ्रन्टका अध्यक्ष सूर्यविक्रम शाहीका अनुसार उक्त एकेडेमीमा अध्ययनरतमध्ये ३८ जना नेपाली विद्यार्थी स्वैच्छिक रूपमा नेपाल फर्कन चाहेकाले बिहीबारै नेपालतर्फ आइसकेका छन् ।

प्रतिक्रिया