युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 4.1K
    Shares

राष्ट्रपति हसिम थासी

एजेन्सी । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

हालैमात्र उनका विरुद्धमा हेगमा रहेको युद्धअपराध अदालतमा मुद्धा दायर भएपछि राष्ट्रपति थासीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

सन् १९९० मा सर्बियासँगको द्वन्द्व क्रममा उनी शक्तिमा रहेका बेला युद्धअपराध गरेको आरोप छ । त्यतिबेला कोसोभोको विद्रोही समूहको राजनीतिक विभाग प्रमुख रहेका उनको आदेशमा विद्रोहीहरुले सर्बियाका नागरिकमाथि हिंसा गरेको र धेरै मानिसको हत्या गरेको आरोप लगाइएको छ ।

उनले आफू अन्तर्राष्ट्रिय युद्धअपराध अदालतमा उपस्थित हुनुपर्ने भएकोले आफ्नो पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा पत्रमा आफूले कोसोभोको राष्ट्रिय प्रतिष्ठामा आँच आउन नदिनका लागि र अन्तर्राष्ट्रिय रुपमा आफ्नो देशको स्वाभिमान कायम राख्नका लागि आफूले राजीनामा दिएको उल्लेख गरे पनि आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । –एएफपी

प्रतिक्रिया