नेपालबिरुद्ध अफवाह फैलाउने भारतीय टेलिभिजन पत्रकार अर्नाब गोस्वामी गिरफ्तार

नेपालबिरुद्ध अफवाह फैलाउने भारतीय टेलिभिजन पत्रकार अर्नाब गोस्वामी गिरफ्तार

आत्महत्या दुरुत्साहन मुद्दामा १४ दिन हिरासतमा राख्न अद्लाताको अनुमति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० कार्तिक २०७७
  • 10.7K
    Shares

नेपाल बिरुद्ध ब्यापक कुप्रचार र अफवाह फलाउने काममा ब्यस्त रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई मुम्बईस्थित उनको निवासबाट बुधबबार बिहान गिरफ्तार गरिएको छ । उनीसहित अन्य दूइ जनालाई आत्महत्या दुरुत्साहन नुद्दामा प्रहरीले गिरफ्तार गरेको हो। उनीहरुलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

गोस्वामी तिनै पत्रकार हुन्, जसले नेपालले आफ्नो भुमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्शा जारी गरेपछि नेपाल र नेपालीलाई अपमान हुने गरी आफ्नो टेलिभिजनमार्फत\ समाचार प्रशारण गरेका थिए।

उनीहरुलाई सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको मामिलामा आत्महत्या दुरुत्साहन मुद्दामा अबेर राती मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको हो ।

अर्नब गोस्वामीका वकिल अबाद पोंडाले जमानतको निवेदन दिइएको जसमाथि बिहिबार सुनुवाई हुनसक्ने जानकारी दिएका छन् ।

५३ वर्षका इन्टेरियर डिजाइनरले आफ्नो सुसाइड नोटमा उनी र उनकी आमाले अर्नबसहित फिरोज शेख र नितेश सारदाले ५.४० करोड भारु भुक्तानी नगरेका कारण आफ्नो जीवन अन्त्य गर्ने निर्णय लिएको बताएका थिए । फिरोज र नितेश भिन्न–भिन्न कम्पनीका मालिक थिए ।

डिजाइनर र उनकी आमा सन् २०१८ को मे महिनामा अलीबाग तालकाको कविर गाउँमा आफ्नो फार्महाउसमा मृत भेटिएका थिए ।

सन् २०१९ मा रायगढ पुलिसले यो मामिलालाई बन्द गरेको थियो । पछि नाइककी छोरी अदन्याकी ऊजुरीमा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले पुनः यो घटनाको आदेश दिएका थिए ।

गोस्वामीलाई मुम्बई नजिकैको रायगढ जिल्लाको अलिबाग ल्याइयो र त्यसपछि उनलाई स्थानीय अदालतमा पेश गरियो ।

गोस्वामीले अदालतमा प्रहरीले आफूमाथि कुटपिट गरेको बताए । त्यसपछि गोस्वामीलाई प्रहरी स्टेशन ल्याइयो जहाँ एक सिभिल सर्जनले उनलाई कुटपिटको कुरा प्रमाणित गर्न भने । पछि अदालतले गोस्वामीमाथि कुटपिटको आरोप खारेज गरिदियो ।

प्रतिक्रिया