नेपाली जनप्रगतिशिल मोर्चा कतारको अध्यक्षमा पुनः पोद्दार

नेपाली जनप्रगतिशिल मोर्चा कतारको अध्यक्षमा पुनः पोद्दार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०७७
  • 11K
    Shares

नेपाली जनप्रगतिशिल मोर्चा कतारको पुर्नगठित केन्द्रीय समिति भेलाबाट अध्यक्षमा पुनः जयकिशोर पोद्दार सर्वसम्मत निर्वाचित भएका छन् ।

२०१९ अगस्ट २३ तारिखमा सम्पन्न मोर्चाको केन्द्रीय अधिवेशनले पोद्दारको नेतृत्वमा दुई सदस्य पछि थप गर्नेगरी २७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

मोर्चाको उपाध्यक्षमा जमुना श्रेष्ठ, महासचिवमा रविन पुन, प्रथम सचिवमा किरण बुर्जा, सचिवमा देवबहादुर मगर र कोषाध्यक्षमा मनोजकुमार साह छन् । त्यस्तै, समितिको सदस्यहरुमा कमल खड्का, कमल पुन, किरण बुर्जा, सुवन्ता पौडेल, विकास थापा, गणेश जिसी, रमेश श्रेष्ठ, लक्ष्मण बागदास, विष्णुप्रसाद ज्ञवाली, सन्देश केसी, दीपेन्द्र ठाकुर, सन्तोष बर्देवा, विकास थापा, कामना श्रेष्ठ, सञ्जिव थापा, अच्युत थापा र नोमबहादुर वली छन् ।

मोर्चाका सल्लाहकार प्रमुख रमेश गिरीको प्रमुख आतिथ्य तथा अध्यक्ष जयकिशोर पोद्दारको अध्यक्षतामा आयोजित भेलाको सञ्चालन पूर्व कोषाध्यक्ष रविन पुनले गरेका थिए । सो अवसरमा सल्लाहकारद्वय रेशम पौडेल र श्रीकृष्ण भट्टराईको आतिथ्यता थियो । मोर्चाका पूर्व केन्द्रीय सदस्य मनोज साहले स्वागत गरेको भेलामा सल्लाहकार प्रमुख गिरी, सल्लाहकारद्वय भट्टराई र पौडेलले प्रशिक्षणात्मक मन्तव्य दिएका थिए ।

प्रतिक्रिया