संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु आदान प्रदान गर्ने बारे भारत-अमेरिकाबीच सम्झौता

संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु आदान प्रदान गर्ने बारे भारत-अमेरिकाबीच सम्झौता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०७७
  • 4.5K
    Shares

भारत र अमेरिकाबीच सम्झौता

लद्धाख घटनापछि भारत र चीनको बीचमा केही महिनायता तनाव बढिरहेको बेला भारत र अमेरिकाको बीचमा मंगलबार एक महत्वपूर्ण रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, रक्षा सम्बन्धी केही संवेदनशील स्याटलाइट तस्वीर, नक्सा लगायतका सूचनाहरु भारत र अमेरिकाबीच एक आपसमा आदान प्रदान हुनेछ ।

यस सम्झौताप्छी भारतले अमेरिकाले जम्मा पारेका सूचनाहरुमा पहुँच पाउने छ । सो सूचनामा पहुँच हुँदा मिसाइल, ड्रोनलगायतका आक्रमणमा सहज हुने बताइएको छ । दुई देशको बीचमा मंगलबार नै भएको टु प्लस टु बैठकपछि सो सम्झौता भएको छ ।

टु प्लस टु को अर्थ दुई देशका विदेशमन्त्रीसँग रक्षामन्त्रीको पनि बैठक हो । सोही वैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पम्पियो र रक्षामन्त्री सोमबार भारतको भ्रमणमा आएका थिए । विश्लेषकहरुले भारत र अमेरिकाले रक्षा सम्बन्धमा गहिरो सहकार्य गरेर चिनियाँ प्रभावलाई कम गर्न खोजेको विश्लेषण गरेका छन् ।

प्रतिक्रिया