भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ

भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा पाँच नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ कार्तिक २०७७
  • 5.9K
    Shares

भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा पक्राउ परेकापाँच नेपाली

भारतको हैदराबादका एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतीय प्रहरीले पाँच नेपालीलाई पक्राउ गरेको छ।

पक्राउ परेका नेपालीहरुमा एक महिला पनि छन् र उनको नाम माया भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उनीसंगै राजेश छविलाल सोनी, हेमप्रसाद, निर्मल साउद र विष्णु सुनवारलाई भारतीय प्रहरीले पक्राउ गरेको सार्वजनिक संचारमाध्यमको समाचारमा उल्लेख छ।

उनीहरुलाई भारतीय प्रहरीले उत्तर प्रदेशस्थित लखनउबाट पक्राउ गरेको हो । उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो । भारतीय संचारमाध्यामका अनुसार पक्राउ परेका नेपालीहरुको साथबाट १७ लाख रुपैयाँ समेत बरामद भएको छ ।

पक्राउ परेका नेपालीहरुले अक्टोबर १९ मा हैदरावादस्थित एक व्यापारीको घरमा लुटपाट गरेर भागेको भारतीय प्रहरीले बताएको छ । पक्राउ परेका दुई जना सोही व्यापारीको घरमा काम गर्दैै आएका थिए । उनीहरुले १८ तोला सुनका गरगहना, ४० तोला चाँदी र १० लाख चोरी गरेको बताइएको छ । लखनउमा पक्राउ परेकाहरुलाई थप अनुुसन्धानको लागि हैदरावाद लगिएको हो ।

प्रतिक्रिया