गण्डकी प्रदेशमा थप २ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्रै १ सय १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै नवलपसारी सुदुरपूर्वमा ७५ जना, तनहुँ २६, बाग्लुङमा १७, लम्जुङमा ५, गोरखामा ४ र स्याङजा १ गरी २ सय २९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको छ । जसमध्ये ३ हजार ८ सय १५ जना निको भएका छन् भने २ हजार ४ सय ७७ जना सक्रिय संक्रमित छन् ।
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ६३ जनाको ज्यान गएको छ ।
नेपालका कुल संक्रमितको संख्या १ लाख ५८ हजार पुग्दा ८४७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये एक लाख ११ हजार ६७० जना निको भएका छन् भने देशभर ४५ हजार ५७२ सक्रिय संक्रमित छन् ।