भारतका रक्षामन्त्री सिंहको हातमा हतियार रहेको फोटो भाइरल

भारतका रक्षामन्त्री सिंहको हातमा हतियार रहेको फोटो भाइरल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ कार्तिक २०७७
  • 10.4K
    Shares

भारतला रक्षा मन्त्री राजनाथ सिंह को हातमा हतियार

भारतका रक्षामन्त्री राजनाथ सिंहले लडाकुले जसरी हतियार समातेको फोटो सामाजिक संजालमा भाइरल बनिरहेको छ।

त्यो फोटो किन र केका लागि खिचाएका हुन् भन्ने बारेमा सबैमा जिज्ञासा उत्पन्न हुन् सक्छ। रक्षामंत्री सिंहले दशैका अवसरमा दार्जिलिङको सुकनास्थित युद्ध स्मारकमा गएर सेनाको हतियार पूजा गर्ने क्रमामा हातमा लिएको हतियारसहितको फोटो सामाजिक संजालमा भाइरल बनिरहेको छ।

त्यस क्रममा उनले हतियारको पुजा गर्दै चीनसँग सीमामा भइरहेको विवाद अन्त्य होस् भन्ने कामना गरेका थिए। साथै उनले भारतीय सेनाले देशको एक इन्च भूमि पनि कसैलाई अतिक्रमण गर्न नदिने पनि चेतावनी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हालै लद्दाखमा भारत-चीन सीमामा भएको झडपमा बहादुरी देखाएको भन्दै भारतीय सेनाको प्रशंसा गरे र उनीहरूको वीरता स्वर्ण अक्षरमा लेखिने बताए।

गत जुन १५ मा लद्दाखको गलवानमा भारत-चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो। चीनतर्फ भएको हताहतीबारे अहिलेसम्म चीनले जानकारी दिएको छैन।

रक्षामन्त्री सिंह हाल पश्चिम बंगाल र सिक्किमको २ दिने भ्रमणमा छन्।

प्रतिक्रिया