ब्रुनाईका राजकुमार अजिमको निधन

ब्रुनाईका राजकुमार अजिमको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०७७
  • 17.6K
    Shares

ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको अल्पायुमै शनिबार निधन भएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक नभए पनि उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुन् ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

राजकुमार अजिमले इन्टरनेसनल स्कुल ब्रुनाई र्‍याफल्स इन्स्टिच्युसन तथा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेका थिए ।

प्रतिक्रिया