पोल्यान्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमण

पोल्यान्डका राष्ट्रपति डुडालाई कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ कार्तिक २०७७
  • 3.4K
    Shares

पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पोल्यान्डको राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्री ब्लाजेज पिचाल्सकीले शनिबार राष्ट्रपति डुडालाई कोरोना देखिएको जानकारी दिएका हुन् ।

‘राष्ट्रपतिलाई हिजो गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ । राष्ट्रपतिको स्वास्थ्य अवस्था राम्रो छ ।,’ मन्त्री पिचाल्सकीले ट्विटरमा लेखेका छन् ।

पोल्यान्डमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेकै बेला राष्ट्रपति डुडामा पनि संक्रमण देखिएको हो ।

प्रतिक्रिया