घानामा ६ तले चर्चको भवन भँत्किदा शुक्रबार २२ को मृत्यु भएको छ । सो भत्किएको चर्च घानाको पूर्वी क्षेत्रमा पर्ने अधिकारीहरुले बताएका छन् । त्यस्तै को घटनामा परी अरु दर्जनौं घाइते बताइएको छ । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ । शुरुमा १८ जनाको मात्रै मृत्यु भएको भनिएकोमा चार जनाको शव पछि भेटिएको थियो ।
चर्चमा ६० भन्दा बढी संख्यामा मानिसहरु रहेका कारण थप अन्यको उद्धार कार्य भइरहेको स्थानीय समाचार एजेन्सीहरुले बताएका छन् । घटनामा अन्य धेरैको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । यसअघि १८ जनाको मात्रै शव फेला पारिएकोमा पछिल्ला पटक थप ४ शव भेटिएपछि मृतकको संख्या २२ पुगेको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।