पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको अस्पतालमा ल्याउँदै गर्दा मृत्यु

पोखरामा होम आइसोलेसनमा बसेका कोरोना संक्रमित पुरुषको अस्पतालमा ल्याउँदै गर्दा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ कार्तिक २०७७
  • 4K
    Shares

आश तमु पोखरा – पोखरामा होम आइसोलेसनमा बसेका १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा १२ का ६७ वर्षे पुरुषको बुधबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

मृत्यु हुनेमा कास्कीका १८, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार