जापानको राजधानी टोकियोबाट दुई नेपाली पक्राउ परेका छन्। रेस्टुरेन्टमा आएका तीन जना ग्राहकलाई कुटपिट गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ परेका दुई नेपालीको नाम टम गुरुङ र निर्मल सापकोटा रहेको स्थानीय संचार माध्यमहरुले समाचारमा जनाएका छन्। उनीहरुलाई तोकियो प्रहरीले पक्राउ गरेको हो।
जापानी संचार माध्यमहरुमा प्रकाशित समाचारका अनुसार गत सेप्टेम्बर २४ तारिख टोकियोको सिन्जुकु वार्डमा रहेको एक नेपाली रेस्टुरेन्टमा अन्य ३ जना नेपाली ग्राहकहरुलाई कुटपिट गरी घाइते बनाएको आरोप उनीहरुमाथि प्रहरीले लगाएको छ। उनीहरु टोकियो ब्रदर नामक नेपालीहरुको समुहमा आवद्ध भएको जनाईएको छ ।