आश तमु पोखरा – मंगलवार दिउसो पोखरामा थप ३६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकीले दिएको जानकारी अनुसार लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि.,पोखराको ल्याबमा गरिएको परिक्षणमा पोखरामा ३६ सहित गण्डकी प्रदेशमा ४२ जना संक्रमितहरु थपिएका हुन ।
सक्रमितहरु पोखरा महानगर वडा न १७ ६ पुरुष र १ महिला गरी ७ जना ,वडा न १ मा २ महिला एक पुरुष ,वडा न ५,७,९,१२,१३,२२,२६ र वडा नखुलेकोमा एक एक जना पुरुष वडा न १४ मा एक महिला रहेका छन ।
यसै गरी वडा न १५ मा २ पुरुष , वडा न ८ मा ३ पुरुष ,वडा न २ मा एक महिला एक पुरुष १६ मा एक महिला एक पुरुष ,४ मएक महिला एक पुरुष ,वडा न ६ मा एक महिला एक पुरुष ,वडा न ११ दुई पुरुष एक महिला रहेका छन ।
बागलुङ पर्वत स्याङ्जा गोरखामा एक एक जना र तनहुँमा २ जना गरी४२ पुगेको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या ६०१८ पुगेको छ।
