बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.8K
    Shares

पर्वत – जिल्ला अस्पताल पर्वतमा बाग्लुङकी ४८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

बाग्लुङ नगरपालिका– १३ की उनको आइतबार साँझ ७ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार उनको कात्तिक २ गत कोरोना पोजेटिभ पृष्टि भएको थियो।

उनी मधुमेहकी बिरामी थिइन्। योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार