आश तमु पोखरा – पोखरामा थप २३ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जना,तनहुँमा १ जना , स्याङ्जा २ जन ,लमजुङ एक जना म्याग्दी एक जना र बागलुङ २ जना गरी ३० जनामालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय पुरुष , वडा नम्बर ५ का ३३ र ५२ वर्षीय पुरुष, ८ का ३६ वर्षीय पुरुष ,पोखरा १० का ७ जना २५, २८, ३०,र ३३ वर्षीय २ जना, ४० तथा ५६ वर्षीय पुरुष,वडा नम्बर ११ का ३५ तथा ४७ वर्षीय पुरुष १३ का ४७ वर्षीय पुरुष,१४ का ३ जना ५४ वर्षीय महिला सहित २५ तथा ५६ वर्षीय पुरुष,१५ का २ जना २८ वर्षीय पुरुष तथा ६८ वर्षीय महिलापोखरा १६ का ३३ वर्षीय १ जना पुरुष तथा १८ का २२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
यस्तै पोखराका २ जना संक्रमितहरु ३५ र ४९ वर्षीय पुरुषहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।
पोखरामा आज बिहान समेत ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
तनहुँमा म्याग्दे गाउँपालिका वडा नम्बर २ का ४९ वर्षीय पुरुष ,स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुष ,त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
लमजुङ बेसीसहर नगरपालिका वडा नम्बर ७ की ६७ वर्षीय महिला र बाग्लुङका २ जना जैमिनी नगरपालिका वडा नम्बर ७ की ४९ वर्षीय महिला तथा ९ का ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।
