आश तमु पोखरा । पोखराको मेट्रोसिटी अस्पतालमा कार्यरत एक चिकित्सक र उपचाररत एक् महिलामा समेत कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार क्षयरोग उपचार केन्द्र पोखराका गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा २५ का २७ वर्षीय पुरुष मेट्रोसिटी अस्पताल सृजनाचोकमा कार्यरत चिकित्सक रहेको निर्देशानलयले जनाएको छ ।
सोही अस्पतालमा उपचाररत पर्वत कुश्मा ५ की एक महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५५०१ पुगेको छ ।