विहिवार पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु

विहिवार पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०७७
  • 3.7K
    Shares

पोखराको जीएमसी हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत तनहुँ जिल्ला, ब्यास नगरपालिका- ३ का ६५ बर्षीय पुरुषको उपचारका क्रममा गए राति ११ :५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयका अनुसार असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्या रहेको थियो ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार