सोमबार गण्डकी प्रदेशमा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा तनहुँमा २६ जना , पोखरामा २९ जना , नवलपरासी पुर्वमा ६१ जना , बागलुङमा ७ जना ,लमजुङमा २ जना ,स्याङ्जा १ जना रहेका छन ।


