पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित कास्कीमा ११ जनामा कोरोना पुष्टी

पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित कास्कीमा ११ जनामा कोरोना पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असोज २०७७
  • 4.5K
    Shares

पोखरा महानगरपालिका

आश तमु पोखरा । शुक्रबार कास्की माछापुछ्रे गापामा २ र पोखरामा थप ९ गरी गण्डकी प्रदेशमा २८ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशले जारी गरेको तेस्रो बिज्ञप्ती अनुसार पोखरा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारी सहित कास्कीमा ११ जनामा कोरोना पुष्टी भएको हो ।

निर्देशानलय अनुसार कास्की माछापुछ्रे गापामा २ पुरुष । पोखरा वडा न १ मा एक पुरुष दुई महिला ,वडा न ५ मा ३ पुरुष ,८ मा दुई पुरुष ,९ मा एक पुरुष र १७ मा एक महिला र एक पुरुष रहेका छन ।

यसै गरी तनहुँमा ११ जना र म्याग्दीमा ६ जना गरी गण्डकी प्रदेशमा २८ जना रहेको बताएका छन ।

उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६०० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार