झन्डै ११ महिना लामो हिरासत र जेल जीवनपश्चात बुलेट रिहा

झन्डै ११ महिना लामो हिरासत र जेल जीवनपश्चात बुलेट रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ बैशाख २०७७
  • 5K
    Shares

सन्जिब कार्की 'बुलेट'

झन्डै ११ महिना लामो हिरासत र जेल जीवनपश्चात बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका युवा नेता बुलेट शनिबार गोरखाबाट रिहा भएका छन्। प्युठान घर भएका सन्जिब कार्की उर्फ ‘बुलेट’ शनिबार गोरखाबाट रिहा भएका हुन्।

उनी गएको असार ४ गते पोखराको बगरबाट गिरफ्तार भएका थिए , उनीसंगै गिरफ्तार भएका राजकुमार घिमिरेलाई पत्रकारहरुको दबाबमा मुद्दा नचलाई प्रशासनले त्यही दिन रिहा गरेको थियो।

त्यतिबेला नेता बुलेटलाई कास्की प्रहरीले ज्यान मार्ने उद्योग लगायतका मुद्दा लगाएको थियो र अद्लाताले उनलाई पुर्पक्षका लागि थुनामा रहने गरी कास्की कारागार पठाएको थियो।  कास्की कारागारबाट रिहा भए लगत्तै प्रहरीले उनलाई फेरी गिरफ्तार गरी पर्वत, बाग्लुङ्ग, म्याग्दी, तनहु, लमजुङ्ग हुँदै गोर्खा पुर्याएको थियो।

अभद्र ब्यबहारको मुद्दा खेपिरहेका नेता बुलेटले जिल्ला प्रशासन कार्यालय गोर्खाले तोकेको २० हजार रुपियाँ धरौटी राखेर उनी शनिबार गोरखाबाट रिहा भएका हुन्।

उनीसंगै रहेका बिद्रोही ने.क.पा. लमजुङ्गका इन्चार्ज योगेन्द्र कुमाल अझै पनि गोर्खा प्रहरीको हिरासतमा छन्।  सम्भवत: नेता कुमाल गण्डकी प्रदेशभित्र हिरासत र जेल जीवन बिताउने बिद्रोही ने.क.पा.का एक मात्र नेता हुन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार