सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित पाँच जना घाइते, ३३ चिनियाँ नागरिक पक्राउ

सिंहदरबार अगाडी प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित पाँच जना घाइते, ३३ चिनियाँ नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ बैशाख २०७७
  • 4.9K
    Shares

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

कोरोना भाइरस फैलिन नदिन लक डाउन चलिरहेका बखत मुलुककै प्रशासनिक निकाय सिंहदरबार अगाडी आज दिउँसो  प्रहरी प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको छ।  सो झडपमा परी एक प्रहरी अधिकारी सहित दुई प्रहरी तथा तीन जना चिनियाँ नागरिक  छन भने ३३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो । विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको प्रहरीको दाबी छ ।

महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि धर्ना  दिन पुगेका ३३ जना चिनियाँ नागरिकलाई तितरबितर  खोज्दा उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

चिनियाँ नागरिकले गरेको ढुंगामुढाबाट महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी घाइते भएका छन् भने तीन जना चिनियाँ नागरिक पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार, घाइते डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार