सांसदद्वय बस्नेत, श्रेष्ठ र निवर्तमान आइजीपी खनालबिरुद्ध अपहरण मुद्दा दर्ता

सांसदद्वय बस्नेत, श्रेष्ठ र निवर्तमान आइजीपी खनालबिरुद्ध अपहरण मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ बैशाख २०७७
  • 3.8K
    Shares

सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल

अन्तत: जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर सम्बन्धि मुद्दाको उजुरी दर्ता गरेको छ । उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौले उनीहरु बिरुद्ध उजुरी लिन इन्कार गरेपछि गएको  बैशाख १६ गते जनता समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई लगायतका नेताहरु अपहरणमा परेको भनिएका सोही पार्टीका  सांसद डा. सुरेन्द्र यादव लिएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं पुगेका थिए।

तर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले पनि त्यस दिन सदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूर सम्बन्धि मुद्दा दर्ता गर्न अस्वीकार गरेको थियो। तर नेता भट्टराई लगायतको टोलीले दिएको उजुरीको एक प्रति त्यही कार्यालायाना छाडेको थियो।

समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धि त्यही जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा १०४७ नम्बरमा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ।

अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । र, उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने कानुनी व्यवस्था छ ।

केही दिनअघि उनै यादवले दिएको जाहेरी  महानगरिय प्रहरी परिसर र सरकारी वकिलको कार्यालयले जाहेरी नलिएपछि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए।

उनै यादवको काउन्टरमा आज बस्नेत, श्रेष्ठ र खनालले पनि मानव अधिकार आयोगमा उजुरी दिएका छन्। वैशाख १८ गते समाजवादी पार्टीका सांसद यादवले मानव अधिकार आयोगमा बस्नेत, श्रेष्ठ र खनालले अपहरण गरेको भन्दै मानव अधिकार आयोगमा उजुरी दिएपछि उनीहरूले पनि अपहरण नगरेको भन्दै सोमबार आयोगमै उजुरी दिएका हुन्।

सांसद यादवलाई गत वैशाख १०  गते नेकपाका सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी प्रमुख खनालले महोत्तरी पुगेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टी र यादवले उनलाई अपहरण गरेर काठमाडौँ ल्याएको बताउँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार