महाकाली नदी तरेर भारत पुगेका चार नेपाली पक्राउ

महाकाली नदी तरेर भारत पुगेका चार नेपाली पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ बैशाख २०७७
  • 6K
    Shares

महाकाली नदी तर्दै नेपाली

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन नेपाल-भारतको सिमा बन्द गरी आउजाउ बन्द गरिएको अवस्थामा महाकाली नदी तरेर भारत पुगेका चार नेपालीलाई भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेर नेपाली बस्ने राहत शिविरमा पठाएको छ।

सिमा नाका बन्द भएको बेला महाकाली नदि तरेर दार्चुला जिल्लाको महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम भारत पुगेका थिए।  उनीहरुलाई गस्तीमा रहेको सिमा सुरक्षा बलका सुरक्षाकर्मीले पक्राउ गरेको थियो।  चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।

यता भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेपछि उनीहरुले भारतको पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको सुरक्षाकर्मीलाई बताएका छन्।

भारतीय सुरक्षाकर्मीका अनुसार शंकरसिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार