जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जनता समाजवादी पार्टीका नेताहरु आज सरकारी वकिलको कार्यालय काठमाण्डौ पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले उनीहरुले दर्ता गर्न खोजेको उजुरी दर्ता गर्न मानेनन् ।
अब, उक्त जाहेरी दर्ता गराउन पीडित पक्ष भनिएकाडा। सुरेन्द्र यादबका लागि सर्वोच्च अदालत मात्रै विकल्प छ। त्यहाँ रिट निवेदनमार्फत जाहेरी दर्ताका लागि परमादेश माग्न सक्ने बाटो छ।
फौजदारी कानुनका जानकारसमेत रहेका संविधानविद् डा. भीमार्जुन आचार्यले प्रहरी र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता नगरेको अवस्थामा सर्वोच्च अदालत विकल्पको रूपमा रहेको बताए। ‘
हालको फौजदारी कानुनअनुसार तीनवटा सरकारी निकायको भिन्न–भिन्न कार्याधिकार निर्दिस्ट छ। फौजदारी प्रकृतिका घटनाको जाहेरी लिने र अनुसन्धान गर्ने काम प्रहरीले गर्नु पर्दछ। उक्त मुद्दाको अभियोजन सरकारी वकिल कार्यालयले गर्नुपर्ने भनिएको छ।
हालको फौजदारी कानुनअनुसार तीनवटा सरकारी निकायको भिन्न–भिन्न कार्याधिकार निर्दिस्ट छ। फौजदारी प्रकृतिका घटनाको जाहेरी लिने र अनुसन्धान गर्ने काम प्रहरीले गर्नु पर्दछ। उक्त मुद्दाको अभियोजन सरकारी वकिल कार्यालयले गर्नुपर्ने भनिएको छ। त्यसपछि मुद्दाको ‘ट्रायल’ भने जिल्ला अदालतले गर्नु पर्ने भनिएको छ। सोही अनुसार न्याय सम्पादन हुँदै आएको छ।
यसअनुसार फौजदारी प्रकृतिको घटनासँग सम्बन्धित जाहेरी लिने र त्यसको अनुसन्धान गर्ने कर्तव्य प्रहरीकै हो। जबकी उसले वारदातस्थल महोत्तरी भनेर पन्छियो। तर, फौजदारी कानुनमा प्रतिवादी/आरोपी जुन ठाउँमा बस्छ, त्यहाँ जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सकिने अवस्था छ।
फौजदारी कानुनका जानकार डा. आचार्यले सांसद अपहरणको आरोपित सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल काठमाडौंमै रहेकाले काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेर गम्भीर त्रुटि गरेको टिप्पणी गरे।
डा. यादवलाई नेकपा सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीबाट बैशाखको १० गते राति काठमाडौं ल्याएका थिए। उनलाई काठमाडौंको मेरियट होटलमा राखिएको तर, भोलिपल्ट बिहान डा. बाबुराम भट्राईको गाडीमा चढेर होटलबाट बाहिरिएका थिए।
डा. यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आफूलाई अपहरण शैलीमा रातारात काठमाडौं ल्याएर राजपा नेपालसँग एकतोन्मुख रहेको तत्कालीन समाजवादी पार्टी नेपाललाई विभाजन गराउन दबाब दिएको बताउँदै आएका छन्।