तोकिएको मूल्यभन्दा धेरै लिएको भन्दै भाटभटेनीलाई तीन लाख जरिवाना

तोकिएको मूल्यभन्दा धेरै लिएको भन्दै भाटभटेनीलाई तीन लाख जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १६ बैशाख २०७७
  • 5.8K
    Shares

भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिबाना गरेको छ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएको थियो।

विभागले भाटभटेनीलाई ३ लाख जरिवाना गरिएको जानकारी दिएको छ। यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई पनि रु एक लाख जरिवाना गरेको छ।

लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन जारी राखेको छ।

उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार