महानगरीय प्रहरी परिसर काठमाण्डौद्वारा पुर्व आइजीपी खनालसहितका तीन जनाविरुद्ध अपहरण मुद्दा दर्ता गर्न अस्वीकार, महोत्तरीमा जान सुझाब

महानगरीय प्रहरी परिसर काठमाण्डौद्वारा पुर्व आइजीपी खनालसहितका तीन जनाविरुद्ध अपहरण मुद्दा दर्ता गर्न अस्वीकार, महोत्तरीमा जान सुझाब


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०७७
  • 7.6K
    Shares

पुर्व आइजीपी सर्बेन्द्र खनालसहितका तीन जनाविरुद्ध अपहरण मुद्दा दर्ता गर्न जाँदै समाजवादी जनता पार्टीका नेता

महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नो संगठनका निवर्तमान आइजीपी सर्बेन्द्र खनाल र दुई जना सांसदबिरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ।

आफुलाई पुर्व आईजीपी सर्बेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान )ले अपहरण गरी महोत्तरीबाट काठमाण्डौ ल्याएको भन्दै जनता समाजवादी पार्टीका शिर्षस्थ नेताहरु सहित उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका सांसद डा. सुरेन्द्र यादबको उजुरी लिन प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको हो।

मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेत प्रहरी कार्यालयमा पुगेका थिए । तर परिसरका डीएसपी कृष्ण चन्दले ‘वहाँहरुबिरुद्ध यहाँ मुद्दा दर्ता गर्न मिल्दैन।  महोत्तरी जानोस्। ‘भनेर जवाफ दिएको बताइएको छ।

यसैबीच पुर्व प्रधानमन्त्री एबम समाजवादी जनता पार्टीका नेता डा. बाबुराम भट्टराईले आफ्नो फेसबुक पेजमा एउटा संदेश पोस्ट गर्दै उजुरी दिने प्रयास विफल भएको जानकारी दिएका छन्। उनले आफ्नो सन्देशमार्फत भनेका छन्,‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’

मुद्दा दर्ता नभए पछि नेता बाबुराम भट्टराईको फेसबुक संदेश
मुद्दा दर्ता नभए पछि नेता बाबुराम भट्टराईको फेसबुक संदेश

नेता भट्टराइले उनीहरुविरुद्ध काठमाण्डौमै उजुरी दर्ता गर्न मिल्ने कानूनी प्राबधान सहितको पुस्तिकाको चित्र समेत आफ्नो सोही सन्देशमा राखेका छन्।

अपहरण सम्बन्धि कानुनी बबस्था
अपहरण सम्बन्धि कानुनी बबस्था

 

 

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले गत मंगलबार जनकपुरबाट समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई होटलमा राखेका थिए । बुधबार बिहानै यादव त्यहाँबाट फुत्केर आफ्नो पार्टीको सम्पर्कमा पुगेका थिए ।

डा. यादवलाई काठमाडौं ल्याउने तीनैजनाले प्रधानमन्त्री केपी ओलीले खटाएर आफूले यो काम गरेको बताएको पीडित यादवको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार