पोखरा , ८ मंसीर २०८३।
पोखरामा आयोजित एक कार्यक्रममा सहभागी स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विज्ञहरुले एन्टिबायोटिक औषधिको अनावश्यक र जथाभावी प्रयोगले निम्त्याउने प्रतिजैविक प्रतिरोध (AMR) को जोखिम कम गर्न मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रको एकीकृत सहकार्य र जनचेतना अपरिहार्य रहेको तथ्यमा जोड दिएका छन्।
स्वास्थ्य मन्त्रालय, गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको एएमआर सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबीच भएको अन्तरक्रिया कार्यक्रममा सहभागी तथा विज्ञहरुले मानिस, पशुपन्क्षी र वातावरण सम्बन्धि स्वास्थ्यलाई एक स्वास्थ्य नीति अन्तरगत कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा बोल्दै प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, पोखराका फार्मेसी अधिकृत साजन बरालले अघि भने ” मानिस, पशुपन्क्षी र वातावरणमा देखिएका स्वास्थ्य सम्बन्धि समस्याले एकले अर्कोलाई असर गर्छ। जस्तै, पशुमा फैलिएको रोग मान्छेमा सर्न सक्छ, प्रदूषित पानी वा हावाले मान्छे र जनावर दुवैलाई बिरामी बनाउन सक्छ, र एन्टिबायोटिकको धेरै प्रयोगले मान्छे र पशु दुवैमा औषधिले काम नगर्ने समस्या बढाउन सक्छ।”
‘एक स्वास्थ्य” One Health मा स्वास्थ्य, पशु चिकित्सा, कृषि, वातावरण र खाद्य सुरक्षा जस्ता क्षेत्रले मिलेर काम गर्ने भएकाले रोग फैलिनुअघि नै रोकथाम गर्न, महामारीको जोखिम घटाउन, सुरक्षित खानेकुरा सुनिश्चित गर्न र वातावरणीय जोखिमलाई समयमै सम्बोधन गर्न सकिने उनले दाबी गरे।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका फिजिसियन तथा AMR फोकल पर्सन डा. शरदचन्द्र बरालले मानिसहरु आफै जान्ने भएर जथाभावी औषधि खाने तथा औषधीको सहि मात्रा , सही डोज प्रयोग नगर्ने र सही समयसम्म औषधि नखाने प्रवृत्तिले ब्याक्टेरिया, भाइरस, ढुसी जस्ता कीटाणुले औषधिको असरलाई निस्प्रभावी बनाउदै गैरहेको तथ्य औंल्याउदै यसतर्फ सबैको ध्यानाकर्षण गराएका थिए।
प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले ब्याक्टेरिया, भाइरस, ढुसी जस्ता कीटाणुले औषधिको असरलाई निस्प्रभावी बनाउन नदिन रोगि वा बिरामीले रगत , पिशाब वा दिशा लगायत प्रयोगशालामा परिक्षण गरेर डाक्टरको सल्लाह अनुसारऔषधी सेवन गर्नुपर्ने सल्लाह दिए। उनले अघि भने,”स्वास्थ्य परिक्षण गरेर औषधि सेवन गर्दा बिरामी आफुलाई के भएको रहेछ भन्ने थाहा पाउने हुँदा ऊ निश्चिन्त हुनसक्छ। स्वास्थ्य परिक्षण नगरी खाइएका नचाहिंदा र अनाबश्यक औषधीहरुकाकराँ तिनका रसायनहरुले मानिसको रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्न सक्छ। जसले गर्दा मानिसमा औषधीको असर नदेखिने समस्या देखिंदा औषधोपचार महँगो पर्ने र पीडादायी मृत्यु हुन्छ।”
शुपंक्षी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. किरण पाण्डेले पशुपन्छीमा देखिने रोगहरु मानिसमा पनि देखिएको र मानिसमा देखिने रोगहरु पशुपन्छिमा देखिएको तथ्य अगाडी सार्दै अगाडी थपे , मानिसहरुले रोगी खसी , बाख्रा कुखुराको मासु खान्छन, तिनमा देखिएका रोगहरु मानिसमा सर्छन। रेबिज तथा क्षयरोग लागेका मानिसहरुले दिशा, पिशाब र हाछ्युं गर्दा त्यसका किटाणुहरु हावापानी र वातावरणमा फैलिन्छ। जुन पशुपन्छी र मानिसमा पनि सर्छन।”अहिले त माछामा पनि क्षयरोग देखिएको छ। यस बारेमा पनि अध्ययन भैरहेको छ। “
सोहि अवसरमा सहभागी एबम विज्ञहरुले प्रतिजैविक प्रतिरोध (AMR) को जोखिम कम गर्न स्वास्थ्य क्षेत्रसंग सम्बन्धित विज्ञ र संचारकर्मी पत्रकारहरुले एकापसमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए। त्यति मात्र हैन, राज पक्षलेस्वास्थ्य परिक्षण र विज्ञ चिकित्सकहरुको पहुँच मा ग्रामिण क्षेत्रमा रहेका बासिन्दाहरुसम्म पुर्याउनु पर्ने बताए।