पोखरा , ७ मंसिर २०८३।
तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी जुवाको खालबाट समातिएका छन्।
उनी समेत २४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाण्डौको मैंपीस्थित एक घरमा जुवाखालमा जुवा खेल्दै गरेको अवस्थामा समातेको हो। उनी नेपाली कांग्रेसको तर्फबाट भानु नगरपालिकामा मेयर पदमा बिजयी बनेका थिए।
गएको मंसिर ३ गते जुवाखालबाट समातिएका उनीहरुको साथबाट नौलाख ६० हजार पांचसय नगद समेत बरामद भएको प्रहरीले दाबी गरेको छ। त्यस्तै सोही जुवाखाल बाट चारसय ६० अमेरिकी डलर, पांचसय भारतीय रुपैयाँ १६ थान र कौडा पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ।
उनीहरु सबैलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।