कांग्रेस गण्डकीको निर्वाचनमा बिबाद : सभापति र महामन्त्रीमा निर्बिरोध चयन गरिएकोमा केन्द्रीय सदस्यकै बिरोध

कांग्रेस गण्डकीको निर्वाचनमा बिबाद : सभापति र महामन्त्रीमा निर्बिरोध चयन गरिएकोमा केन्द्रीय सदस्यकै बिरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ मंसिर २०८३
  • 152
    Shares

काठमान्डौ, ६ मंसीर २०८३।

शेर बहादुर देउबा नेतृत्वको नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको निर्वाचनमा बिबाद उत्पन्न भएको छ।

पार्टी सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाले उद्घाटन गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिको सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्री पोषनाथ शर्मालाई निर्विरोध निर्वाचित घोषणा गरिएपछि कांग्रेस गण्डकी प्रदेश समितिको निर्वाचनमा बिबाद उत्पन्न भएको हो ।

भेला उद्घाटन सत्रको अन्त्यमा नेपाली कांग्रेस निर्वाचन समितिका संयोजक अधिवक्ता बीरेन्द्र केसीले नेपाली कांग्रेस गण्डकी कार्य समितिको सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्री पोषनाथ शर्मालाई निर्विरोध निर्वाचित घोषणा गरेका थिए। उनले सोहि अवसरमा अन्य पदका लागि चुनाब हुने जानकारी दिएका थिए।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले सभापति र महामन्त्री पदमा निर्विरोध घोषणा गरिएकोमा आपत्ति जनाएका छन्। उनले पार्टीका अर्का केन्द्रीय सदस्य गुरु बरालको उपस्थितिमा निर्वाचन समितिका सदस्य अधिवक्ता राजुराज अधिकारीसमक्ष आपत्ति जनाएका हुन्। केन्द्रीय सदस्य पौडेलले आफू पनि अर्का पार्टी केन्द्रीय सदाय गुरु बरालको जतिकै हैसियत रहेको जानकारी दिंदै पार्टीको गण्डकी प्रदेश सभापति र महामन्त्री पदमा अन्य प्रतिनिधिहरुले पनि उम्मेदवारी दिन पाउनु पर्ने जिकिर गरे। उनले पार्टीको सभापति र महामन्त्री पदमा निर्बिरोध घोषणा गर्ने निर्णय फिर्ता लिन पनि चेतवानी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार