आज नेपालमा कता बादल, कता तुवाँलो ?

आज नेपालमा कता बादल, कता तुवाँलो ?


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ मंसिर २०८३
  • 532
    Shares

काठमाडौं, ३ मंसीर २०८३।

हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण अहिले कोशी प्रदेशमा र गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ।

यस्तै तराईका भूभाग, उपत्यका र खोँचहरूका धेरै ठाउँमा तुवाँलो लागेको छ। बिहानपख लागेको तुवाँलोले दृश्यता कमजोर बनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

शुक्रबार दिउँसोको अवस्था पनि उस्तै रहनेछ — कोशी र मधेस प्रदेशमा आंशिक बादल, बाँकी भूभागमा मुख्यतया सफा मौसम।

प्रतिक्रिया
सम्बन्धित समाचार