सिन्धुलीमा लोहोरोले हानेर आफ्नी श्रीमतीको हत्या

सिन्धुलीमा लोहोरोले हानेर आफ्नी श्रीमतीको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २ मंसिर २०८३
  • 209
    Shares

सिन्धुली, १ मंसीर २०८३।

सिन्धुलीमा गएराती एक व्यक्तिले लोहोरोले हानेर आफ्नी श्रीमतीको हत्या गरेका छन्।

सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा गएराती ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४० वर्षीया श्रीमती सानु कुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरोले हानेर हत्या गरेका हुन्।

सामान्य विवादका क्रममा मनोजले श्रीमती सानु कुमारीलाई लोहोरोले हान्दा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले ले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति(बिहान) करिब १ बजे ४२ वर्षीय मनोज कार्कीले आफ्नै ४० वर्षीया श्रीमती सानु कुमारी कार्कीको टाउकोमा ढुङ्गाको लोहोरो प्रहार गरेका थिए । गम्भीर चोट लागेपछि सानु कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे राति १ बजेर १५ मिनेटमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ । घटनाको विस्तृत कारण तथा अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार