सिन्धुली, १ मंसीर २०८३।
चितवनका व्यवसायी दम्पती सवार कार सिन्धुलीमा दुर्घटनाग्रस्त हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्।
चितवनस्थित रत्ननगर-३ मा रहेको एक दालमोट उद्योगका सञ्चालक पुरुषोत्तम रिजाल दम्पत्ति सवार बागमती प्रदेश-०१-०१८च ७७४१ नम्बरको कार सिन्धुलीको रिहरपुरगढी गाउँपालिका-३ तिनकुनेस्थित मदन भण्डारी लोकमार्गमा सोमबार दिउँसो १:५० बजे दुर्घटनाग्रस्त हुँदा रिजाल्की श्रीमती अन्दाजी ४४ वर्षीया निशम रिजालको मृत्यु भएको हो।
उक्त दुर्घटनामा दुवै जना घाइते भएपछि उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा निशम रिजालको बेलुका ६:१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी बिजय श्रेष्ठले जानकारी दिए। घाइते पुरुषोत्तमको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
सिन्धुलीबाट चितवनतर्फ आउँदै गरेको कार आफैँ अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ।