नवलपुर्, ३० कार्तिक २०८३।
धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस नवलपुरमा दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते·भएका छन्।
सु.प्र.०१–००१ ख ३४७५ नम्बरको उक्त यात्रुवाहक बस आज बिहान ६:४० बजेतिर कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते·भएका हुन्।
घाइतेहरुमध्ये कैलालीको धनगढी उपमहानगरपालिका–११ निवासी ३९ वर्षीय शिवदत्त रानालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ।
प्राप्त विवरणअनुसार घाइतेमध्ये केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको छ।
घाइतेहरूको नामावली यसप्रकार छ।
घाइतेहरूको नामावली :
* शिवदत्त राना (३९) – कैलाली
* केशव धामी (३२) – दार्चुला
* प्रतिक्षा धामी (९) – दार्चुला
* दयाकृष्ण जोशी (३४) – दार्चुला
* नविना भट्ट (१४) – दार्चुला
* धाना चन्द (७८) – बैतडी
* प्रेम बहादुर चन्द (३९) – बैतडी
* डम्वर बहादुर माली (३७) – कैलाली
* महेश पाण्डे (३२) – डडेल्धुरा
* रोहीत लोथेल (२०) – दार्चुला
* खेमा मल्ल (१९) – कैलाली
* शोभा मल्ल (२८) – कैलाली
* जेनी राना (२०) – कञ्चनपुर
* बसन्त बलायर (३०) – डोटी
* अमित साउद (१७) – अछाम
* राजेन्द्र जोशी (३१) – बैतडी
* भागरथी जोशी (३०) – बैतडी
* रेणुका जोशी (२) – बैतडी
* भानु यादव (१८) – धनुषा
* रमेश जोशी (२८) – दार्चुला
* श्रूती जोशी (७) – दार्चुला
* महेश बि.सी. (२१) – बैतडी
* डम्वरसिंह साउद (४२) – डडेल्धुरा
* गिता कठाएत (४०) – डडेल्धुरा
* रक्षा कठाएत (२०) – डडेल्धुरा
* चाँदनी खत्री (२२) – कैलाली
* जानु चौधरी (२०) – कैलाली
* पुष्पा भाट (२०) – डडेल्धुरा
* पवित्रा रावल (२३) – डडेल्धुरा
* प्रिया साउद (२५) – कञ्चनपुर
* अंकित यादव (१८) – डोटी
* ज्योती बुडाल (२४) – डोटी
* धिरज बुडाल (१५) – डोटी
घाइतेहरूको उपचार भइरहेको छ।