ग्याँस चुहावटबाट भएको आगलागीमा गम्भीर घाइते भएकी भट्टराईको मृत्यु

ग्याँस चुहावटबाट भएको आगलागीमा गम्भीर घाइते भएकी भट्टराईको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ मंसिर २०८३
  • 1.2K
    Shares

मोरङ , ३० कात्तिक २०८३ ।

ग्यास चुहावटबाट भएको आगलागीमा परेर गम्भीर घाइते भएकी एक भट्टराईको मृत्यु

मोरङको रतुवामाई नगरपालिका-९ भौडा टोलमा आफन्तको घरमा ग्यास चुहावट भएर लागेको आगलागीमा गम्भीर घाइते भएकी ३० वर्षीया सुरक्षा भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको आइतबार बिहान २:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत कात्तिक २४ गते हलितिहारका दिन अपराह्न करिब ४:३० बजे राधाश्याम पौडेलको घरमा आगलागी हुँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास चुहावट भएपछि आगो सल्किएको थियो । भान्छाबाट बाहिर निस्कने क्रममा उनी आगोको चपेटामा परेकी थिइन् ।

घटनालगत्तै उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्‍याइएको थियो । अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि कीर्तिपुर लगिएको थियो ।

आगलागीबाट भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, फ्रिज, दराज र टेलिभिजन जलेर नष्ट भएका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार