पोखराको मालेपाटनबाट हराएको नगरबस तनहुँको सत्रसयमा भेटियो

पोखराको मालेपाटनबाट हराएको नगरबस तनहुँको सत्रसयमा भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० कार्तिक २०८३
  • 3.1K
    Shares

पोखरा , २९ कार्तिक २०८३ ।

पोखराको मालेपाटनबाट हराएको नगर बस तनहुँमा भेटिएको छ। पोखरा महानगरपालिका वडा नं. ५, मालेपाटनस्थित फिर्केपुल नजिकबाट हराएको ग १ ख ३८१३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा भेटिएको हो ।

बसका धनी पोखरा महानगरपालिका वडा नं. १७, बिरौटाका मोतिलाल कामीले दिएको जानकारी अनुसार , बस मालेपाटन नजिक पार्किङ गरी राखिएको अवस्थामा हराएको थियो। बिहान हेर्दा राखेको ठाउँमा बस नभएपछि आफैंले खोजतलास गर्दा पनि फेला नपरेपछि उनले जिल्ला प्रहरी कार्यालय, कास्कीमा ”नगर बस चोरी भएको भन्दै निवेदन दिएका थिए। निवेदनमा वरपरको सीसीटीभी फुटेज हेरी खोजतलास गरी बस फिर्ता गरिदिन माग गरिएको थियो।

पोखराबाट हराएको बस पृथ्वी राजमार्ग हुँदै तनहुँको सत्रसयसम्म कसरी पुग्यो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको “प्रहरीले बताएको छ। बस कसले, कहिले र किन त्यहाँसम्म लग्यो भन्ने खुलेको छैन। फेला परेको बसका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार