उत्तरी गोरखाको ठाडो भर्‍याङमा ठूलो सुख्खा पहिरो : बुढीगण्डकी नदी थुनिने अवस्था नरहेको प्रहरीको भनाई

उत्तरी गोरखाको ठाडो भर्‍याङमा ठूलो सुख्खा पहिरो : बुढीगण्डकी नदी थुनिने अवस्था नरहेको प्रहरीको भनाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ कार्तिक २०८३
  • 3.5K
    Shares

गोरखा, २८ कार्तिक २०८३।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो गएको छ।

बूढीगण्डकी नदीपारिको डाँडामाथिबाट बिहान करिब ८:३० देखि ९ बजेतिर धुलोसहित सुख्खा पहिरो खसेको हो।

सुख्खा पहिरो खसेको भए पनि पहिरोको केही छिटपुट ढुंगा तथा माटो बुढीगण्डकी नदीमा पुगेको तर त्यसले नदीलाई कुनै असर नगरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक अनुपकुमार खड्काले जानकारी दिए। पहिरोको धुलो वारी बाटोसम्म आइपुगेको भए पनि नदी थुनिने अवस्था नरहेको एसपी खड्काले बताए।

पहिरो खसेको क्षेत्रमा बस्ती नभएकाले कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पहिरो खसेको ठाउँ फराकिलो पाखा क्षेत्र भएकाले तत्काल कुनै जोखिम नरहेको बताए।

“बूढीगण्डकीमा केही छिटपुट मात्रै आइपुगेको छ। नदी थुनिने अवस्था अहिले छैन। पहिरो खसेको ठाउँ फराकिलो र पाखा भएकाले त्यस्तो खतरा छैन,” उनले भने।

गोरखाको धार्चे गाउँपालिका-१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठुलो सुक्खा पहिरो गएको छ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बस्ती नभएको क्षेत्रमा पहिरो गएकाले कुनै क्षति भएको छैन। 

‘तल बुढीगण्डकी नदी भए पनि पहिरो त्यहाँसम्म नपुगेकाले तत्काललाई नदी थुनिने अवस्था पनि छैन’, उनले टेलिफोनमा नेपालखबरसँग भने।

यद्यपि परिस्थितिको निगरानी गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। 

प्रतिक्रिया
सम्बन्धित समाचार